विश्व शान्ति र वामपन्थी एकता सन्देशसहित जागरण यात्रामा कमल खत्री
तानसेन। योङ कम्युनिस्ट लिग पाल्पाका उपाध्यक्ष कमल खत्रीले विश्व शान्ती र वामपन्थी एकताका लागि जागरण यात्रा सुरु गरेका छन् । अहिले मध्यपूर्वका मुलुकहरुमा चर्किएको द्धन्द्धलाई शान्तिमा रुपान्रण गर्न तथा हालैको निर्वाचनमा कमजोर अवस्थामा पुगेका वामपन्थीहरु दलहरुको एकताका सनदेशसहित पैदल यात्रा सुरु गरेको खत्रीले बताए ।
रैनादेवी छहरा ४ काफलबुटा निवासी कमल खत्रीले मंगलबार बिहान ९ बजेदेखि यात्रा सुरु गरेका हुन् । पहिलो दिन ३५ किलोमिटर पैदल यात्रा गरेर खत्री जिल्ला सदरमुकाम तानसेन आइपुगेका छन् ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वामपन्थी दलहरुको नतिजा कमजोर आएपछि वाम एकताको सन्देशसहितको जागरण यात्रा सुरु गरेको खत्रीले बताए ।
१०/१२ दिनमा काठमाडौं पुगेर वामपनथी नेताहरुलाई भेट्ने र वाम एकता अहिलेको आवश्यकता भएको सन्देश दिने उद्देश्य रहेको खत्रीले बताए । उनले भने,-“हिजो बेलुका मात्रै मेरो मनमा लाग्यो वाम एकता अहिलेको आवश्यकता हो। सुरुवात मबाट किन नगर्ने भन्ने सोचर आज बिहानदेखि यात्रा सुरु गरेको छु ।”
विभिन्न जिल्लामा पुगेर युवा तथा वामपनथी नेताहरुलाई भेटेर आफ्नो उद्देश्यबारे जानकारी गराउने खत्रीले बताए । “मध्यपूर्वमा भएको द्धन्द्धको अन्यको कामना गर्दै विश्व शान्तीका लागि पनि यो यात्रा तय गरेको हुँ। काठमाडौं पुगेर प्रचण्ड, ओली, माधव नेपाललगायतका वामपन्थी नेताहरुलाई भेटेर यो सनदेश पुर्याउने छ।” खत्रीले भने ।
तानसेनमा खत्रीलाई नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक अशोक कुमार शाही, केन्द्रीय सदस्य नेत्र प्रसाद पाण्डेय, वाइसिएलका जिल्लास्थित नेताहरु लगायतले स्वागत समेत गरेका छन् ।
यात्राको क्रममा उनले प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र जनजीवनलाई नजिकबाट अनुभव गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, आफ्नो यात्रामार्फत सकारात्मक सन्देश फैलाउन टेवा पुग्ने विश्वास रहेको उनले बताएका छन् । उनले बुधबार रुपन्देही, बिहीबार नवलपरासी हुँदै मुख्य राजमार्गबाट काठमाडौंसम्मको यात्रा गर्ने बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको