तानसेन। एसियन लाइफ इन्सोरेन्स पाल्पा शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तानसेन नगरपालिका वडा न १२ मा रहेको श्री सार्वजनिक प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष मेजर सिं केसीले सबै संघसंस्थाहरुले यस्तै किसिमले आआफ्नो क्षेत्रबाट सामाजिक उत्तरदायित्व वहन गर्दै काम गर्ने हो समाज निकै राम्रो हुने धारणा राखे ।
कार्यक्रममा एसिएन लाईफ इन्सोरेन्स पाल्पा शाखाका प्रमुख वसन्त भुषालले आफूहरुले वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तगर्त सानाभाईवहिनीहरुलाई केहि सहयोग पुगोस भनेर कार्यक्रम गरिएको बताए।
विद्यालयका प्रधानाध्यापक पोवीसरा थापा रानाले विद्यालयलाई संझिदिएकोमा एसिएन लाईफ इन्सोरेन्सलाई धन्यवाद दिइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले इन्सोरेन्सले विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तगर्त संझिएकोमा धन्यवाद दिदै आउदा दिनहरुमा समेत यस्तो सहयोग पाउनेमा विद्यालय आशावादीरहेको चर्चा गरे।
कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष झमानसि दर्लामी, शिक्षक अभिभावक संघका अध्यक्ष विमला रुचाल, इन्सोरेन्स कम्पनीका अभिकर्ताहरु टिका गाहा, ज्ञान प्रसाद पाण्डे लगायतले आफना भनाइ राखेका थिए ।
सार्वजनिक प्राथमिक विद्यालयमा हाल ४० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । कार्यक्रम विद्यालय व्यवस्थापन समितका अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षता र शिक्षक श्रृषिराम भण्डारीको संचालनमा चलेको थियो ।




















