जनतासँग माथागढी
तानसेन। माथागढी गाउँपालिका वडा नं. ७ रहबासले प्राथमिकतामा सडक पूर्वाधारलाई राखेको छ । स्थानीय तह निर्वाचनको दोस्रो कार्यककाल सुरु भएदेखि वडाले अन्य विकास भन्दा सडक विस्तार, स्तरउन्नति र मर्मतका कामलाई प्राथमिकतामा राखेको जनाएको छ । विगतमा सडकको सास्ती खेप्दै आएका नागरिकको दुःखलाई मध्यनजर गर्दे वडाले सडकलाई प्राथमिकतामा राखेर काम गरेको वडाध्यक्ष जंगबहादुर दर्लामीले जानकारी दिए ।
विगतमा सडकको समस्या थियो, हामी निर्वाचित भएदेखि स्थानीयले सडकका कारण भोग्नुपर्ने समस्या समाधानका लागि पहल गर्दै आएका छौं । अध्यक्ष दर्लामीले भने, ‘‘अहिले बाह्रै महिना सडक संचालन गर्न सक्नेगरी मुख्य सडकको अवस्था सुधारमा वडाले प्राथमिकतामा राखेर काम गरेको छौं ।” उनले थपे,–‘‘मुख्य सडकसंगै वडाभित्रका विभिन्न सडकमा हिउँदमा सडक सुविधा भएपनि वर्षायाममा सडकहरु संचालन हुन नसक्ने समस्या रहेको छ । खासगरी ठाडे, बहादुर ढाब, ओखरीगौडा, आखेरलुङ्ख जस्ता सडकमा धेरै समस्या हुने गरेको छ ।”
वडाले अन्य विषय भन्दा मुख्य सडकको स्तरउन्नति तथा अन्य सहायक सडकमा पनि बाह्रै महिना सवारी आवागमन हुन सक्नेगरी योजना बनाएको वडाध्यक्ष दर्लामीले बताए । हाल वडा कार्यलयसम्म जोड्ने मुख्य सडक ग्राभेल गर्ने कामलाई प्राथमिकता दिएर अघि बढेको वडा कार्यालयले जनाएको छ । भौगोलिक विकटतासंगै अन्य कारणले गर्दा कृषि तथा पशुपालनमा व्यवसायीक काम गर्ने किसान नभएको उनले बताए । वडास्तरमा सामान्य रुपमा बीउहरुको अनुदान वितरण र साझेदारीका कामहरु हुँदै आएको छ तर, व्यवसायीक रुपमा कृषि गर्ने किसान भने नभएको उनको भनाइ छ । यस्तै शिक्षाको गगुणस्तर सुधारका लागि निरन्तर पहल हुँदै आएको वडाध्यक्ष दर्लामीले बताए ।
स्वास्थ्य क्षेत्रको आधारभूत स्वास्थ्य सेवा पूरा गर्नका लागि पनि वडाले पहल गर्दै आएको वडाध्यष दर्लामीले बताए । स्वास्थ्य संस्थासंगै सेवा प्रवाहलाई घुम्ती रुपमा संचालन, जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा प्रवाह हुँदै आएको उनको भनाइ छ । सिँचाइ सुविधा विस्तार, सीपमूलक तालिम, विद्युतिकरण जस्ता कार्यमा पनि काम गर्दै आएको वडाध्यक्ष दर्लामीले बताए ।
सीप विकासमा धेरैले तालिम लिएपनि व्यवहारमा नउतारेको अध्यक्ष थापाले बताए । सीप सिक्नका लागि जागर देखाएपनि व्यवसाय गर्न तथा सिकेका कुरा पूरा गर्नका लागि पूर्वाधार र आर्थिक सहयोग गर्न स्थानीयले माग गरेको छन् । यस्तै वडामा आफू निर्वाचित भएदेखि हालसम्म मुख्य रुपमा मुख्य सडक कालोपत्रे र राष्ट्रिय प्रशारण लाइन जोड्न्पर्ने मुख्य उद्देश्य राखेर काम गर्दै आएको उनको भनाइ छ। सीमित बजेट र गर्नुपर्ने काम धेरै भएका कारण सेवा प्रवाह र अन्य काममा आफै सन्तुष्ट हुन नसकेको वडाध्यक्ष दर्लाको बुझाइ छ ।
उसो त स्थानीयले पनि वडा र पालिका तहबाट भएका कामबाट दैनिक जीवनयापनमा सहज हुँदै आएको बताएका छन् । क्रमिक रुपमा शिक्षा र स्वास्थ्यमा सहज हुनुका साथै बाटोघाटो राम्रो भएको मटेरीकी धनमाया पुनले बताइन् । विगतमा पालिका र अन्य शहरहरुसम्म जाने सडक नहुँदा समस्या खेप्दै आएका नागरिकलाई अहिले बाह्रै महिना सडक संचालन हुन थालेपनि निकै राहत मिलेको उनको बुझाइ छ ।
यस्तै मेटेरीमा सिचाई आयोजना सुरु हुनु, वडाबाट हुने कार्यक्रममा सहभागिता बढ्नु जस्ता कार्यले आफूहरुले धेरै कुरा सिक्न जान्न पाएको स्थानीय सिममाया ठाडाले बताइन् ।
स्थानीय तहले गरेका कामहरु जनमैत्री भएकोमा खुसी व्यक्त गरेका नागरिकले टुक्रे योजना भन्दा बृहत् खालका खोजनामार्फत समस्या समाधानमा जोड दिन स्थानीय सरकारसंग माग गरेका छन् ।






