पार्वती विक बनिन् समानुपातिक सांसद

तानसेन । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पाल्पाकी पार्वती विक समानुपातिकतर्फको सांसदमा चयन भएकी छन् । तानसेन नगरपालिका वडा नं. ५ स्थायी घर भएकी विकलाई पार्टीले समानुपातिकबाट सांसद बनाउने निर्णय गरेको हो ।

आइतबार सार्वजनिक गरेको नेपाली कम्युनिष्ट पार्टीको समानुपातिक सूचिमा रहेकी विकलाई पार्टीले सांसद बनाउन दलित महिलाको तर्फबाट आयोगलाई सिफारिस गरेको हो।

तत्कालिन नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सहसचिव र नेकपा भएपछि केन्द्रीय सदस्यको भूमिकामा पाएकी विकले आफू सासंद भएपछि दलित महिला र समग्र पाल्पाका विषय सम्बोधन गर्ने बताएकी छन् ।

माओवादी जनयुद्धकालदेखि पार्टीमा सक्रिय रहेही विकले तत्कालिन जिल्लास्थित शान्ति समितिमा समेत नेतृत्व समेत सम्हालिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer