टिकटकमा अब १८ वर्षमुनिकाले लाइभ गर्न नपाउने
काठमाडाैं।लोकप्रिय भिडियो प्लेटफर्म टिकटकमा लाइभ गर्नका लागि अब १८ वर्ष पुगेको हुनुपर्नेछ । टिकटकले लाइभस्ट्रिमिङको लागि न्यूनतम उमेर १६ वर्षबाट बढाएर १८ वर्ष बनाएको छ । यो नियम आगामी महिनाबाट लागू हुनेछ ।
हालै बीबीसीले गरेको खोजका क्रममा सिरियाली शरणार्थी शिविरहरुबाट सयौंको संख्यामा बालबालिकाले टिकटकमा लाइभ गरेर आर्थिक सहयोग मागिरहेको तथ्य पत्ता लगाएको थियो । त्यसरी लाइभ आए सहयोग माग्नेहरुले घण्टामै एक हजार डलरसम्म कमाउने गरेका थिए । तर उनीहरुले त्यसरी संकलन गरेको रकम झिक...










