‘परदेशी २’ फिल्मको गीत ‘के वर मागी…’ रिलिज [भिडियोसहित]

‘परदेशी २’ फिल्मको गीत ‘के वर मागी…’ रिलिज [भिडियोसहित]
पाल्पा । पाल्पा जिल्लाको विभिन्न स्थानमा पनि छायाँकन गरिएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’मा ‘के वर मागी फक्र्यौ’बोलको गीत समावेश गरिएको छ । सोमबार काठमाडौंका एक कार्यक्रमकाबीच उक्त गीत सार्वजनिक गरिएको छ। रमेश पौडेलको रचना रहेको ‘के वर मागी फक्र्यौ’ गीत दुई दशकअघि नारायण रायमाझीको संगीत र रामभक्त जोजिजुको स्वरमा सार्वजनिक भएर निकै हिट भएको थियो । उक्त कालजयी गीतलाई अहिले रिमेक गरिएको हो । श्यामश्वेत रसाईलीको एरेन्ज तथा मिक्सिङ रहेको रिमेक गीतमा युवा पुस्ता...

पाल्पाली गायक पुस्कलको तीज गीत : आफ्नै गाउँमा छायाँकन, श्रीमान–श्रीमतीको मनछुने अभिनय

पाल्पाली गायक पुस्कलको तीज गीत : आफ्नै गाउँमा छायाँकन, श्रीमान–श्रीमतीको मनछुने अभिनय
काठमाडौं – पाल्पाको माटोले जन्माएको लोकप्रिय गायक पुस्कल शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘श्रीमान श्रीमती’ शीर्षकको तीज गीत ‘पुस्कल शर्मा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । पुस्कलले पाल्पास्थित आफ्नै गाउँ र त्यस वरपर छायाँकन गरेर गीत सार्वजनिक गरेका हुन् । उनले यसपटक फेरी निकै मार्मिक तीज गीत सार्वजनिक गरेका हुन् । गीतमा पुस्कललाई स्वरमा लोकप्रिय गायिका शान्तीश्री परियारले साथ दिएकी छिन् । पुस्कलकै शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालीको संगीत ...

पोखराकै ठुलो मानिने ट्रान्क्युलिटी स्पा सञ्चालनमा [तस्वीरसहित]

पोखराकै ठुलो मानिने ट्रान्क्युलिटी स्पा सञ्चालनमा [तस्वीरसहित]
पोखरा। नेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा समेत सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशकअघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । पोखरा लेकसाइडस्थित १४ नम्बर स्ट्रिट मा सञ्चालनमा आएको यो स्पा पोखराकै सबैभन्दा ठुलो क्षेत्रफलमा फैलिएको स्पा हो । यसका सञ्चालक रनिल फैजुका अनुसार सरोवरमा सात हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा सञ्चालनमा आएको छ । सेवाग्राहीले यहाँबाट मसाज थे...

तानसेनको ‘सन्तोष चलचित्र मन्दिर’ : बन्द होइन्, स्तरोन्नती गरेर संचालनमा ल्याइँदै

तानसेनको ‘सन्तोष चलचित्र मन्दिर’ : बन्द होइन्, स्तरोन्नती गरेर संचालनमा ल्याइँदै
काठमाडौं। पाल्पा सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’लाई स्तरोन्नती गरेर संचालनमा ल्याईने भएको छ । जिल्लाकै एकमात्र चलचित्र हल कोरोना महामारी सुरु भएसँगै ०७६ को चैतदेखि बन्द अवस्थामा छ । नेपालकै पुरानोमध्येको हल अब स्तरोन्नतीसहित संचालनमा आउने भएको हो । हलका संचालक सर्जुमान लिगलले स्तरोन्नतीको काम सुरु भईसकेको जानकारी दिए । ‘पहिलेकै अवस्थामा चल्ने देखिएन् । हलमा दर्शक तान्न केही आरामदायी र सुविधायुक्त चाहिने भयो । त्यसैले केही लगानी गरेर स्तरोन्नती गर्दैछौं’...

पुरुषोत्तम गैरेले ल्याए ‘भन्छौ सधै सरी’, गीतमा पूजा र सुप्रिमको स्वरसँगै अभिनय

पुरुषोत्तम गैरेले ल्याए ‘भन्छौ सधै सरी’, गीतमा पूजा र सुप्रिमको स्वरसँगै अभिनय
पाल्पा । गायक एवं सर्जक पुरुषोत्तम गैरेले शनिबार ‘भन्छौ सधै सरी’ बोलको लोकदोहोरी गीत युट्युबमा सार्वजनिक गरेका छन् । यो गीतमा उनले स्वर भने दिएका छैनन् । चर्चित बाल गायक–गायिका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाले स्वर दिएको गीतका शब्द राजु सुनामले लेखेका हुन् । पुरुषोत्तमकै संगीत रहेको गीतलाई कृष्ण बिकले एरेन्ज गरेका छन् । गीतको भिडियोमा पनि सुप्रिम र पूजालाई नै प्रस्तुत गरिएको छ । अनिश दवाडीको निर्देशन रहेको भिडियोलाई सन्तोष तिमिल्सिनाले छायाँकन, अमृत चापागाइँले सम्पाद...

पाल्पाली लोकगायक पौडेल बागमती प्रदेश सरकारबाट ‘कलाकीर्ति’ पदकद्धारा सम्मानित

पाल्पाली लोकगायक पौडेल बागमती प्रदेश सरकारबाट ‘कलाकीर्ति’ पदकद्धारा सम्मानित
काठमाडौं । चर्चित लोकगायक नवीन पौडेल बागमती प्रदेश सरकारद्धारा सम्मानित भएका छन् । संगीत कलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत प्रदेश सरकारले ‘कलाकीर्ति’ पदकद्धारा सम्मान गरेको हो । गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशको मुख्यालय हेटौंडाको मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित कार्यक्रममा गायक पौडेलसहित विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याएवापत विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । डा. सन्दुक रुइत, डा. महावीर पुन लगायत विभिन्न क्षेत्रका ४३ जना व्यक्तिलाई विभिन्न म...

पाल्पामा खिचिएको ‘परदेशी–२’ को टिजर रिलिज, फिल्म असोज १४ मा

पाल्पामा खिचिएको ‘परदेशी–२’ को टिजर रिलिज, फिल्म असोज १४ मा
काठमाडौं। पाल्पा जिल्लामा पनि छायाँकन गरिएको नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो । दशैंको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ । २ मिनेट ३९ सकेन्डको टिजरमा चलचित्रका मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, अभिनेत्रीद्धय केकी अधिकारी, ...

हुम गैरेको बिरहको तीज(भाग २) सार्वजनिक [भिडियोसहित]

हुम गैरेको बिरहको तीज(भाग २) सार्वजनिक [भिडियोसहित]
पाल्पा। तिज पर्व नजिकिदै गर्दा बिशाल मुभिज् मार्फत सामाजिक यथार्थ कथामा आधारित तीज गीती कथा बिरहको तिज (भाग २) बजारमा आएको छ । चर्चित गायक गायिकाहरु ईन्द्र जि.सी, हुम गैरे, जमुना राना, धिरज खत्री, राम परियार, कमला बि.सी र बिमला गैरेको स्वरमा रहेको गीत बजारमा आएको हो । गीतमा लय तथा शब्द संकलन हुम गैरेको रहेको छ । चेली र माईती बीचको तीज सम्बन्धि पीडालाई गीती संवादमा समावेश गरिएको सर्जक गैरेले नयाँधारलाई बताए । गीतकाे  भिडियोमा पछिल्लो समयका चर्चामा रहेका मोडलहरु धिरज ख...

परम्परागत बाजा संरक्षण गर्दै रम्भा गाउँपालिका

परम्परागत बाजा संरक्षण गर्दै रम्भा गाउँपालिका
तानसेन। पाल्पाको रम्भा गाउँपालिकाले परम्परागत नौमती बाजा संरक्षण सुरु गरेको छ। पालिकाले वडा नं.३ को गाँडाचौरका दलित समूदायका नागरिकका लागि नौमती बाजा सेट सहयोग गरेर अभियान सुरु गरेको हो । पालिकाले परम्परागत पेशा प्रर्वधन कार्यक्रम अन्तरगत आठ जनाको समूहलाई बाजा सेट प्रदान गरेको हो। बाजा सेट प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पछिल्लो समय नौमती बाजाहरु हराउदै गएको हुँदा यसको संरक्षण्का लागि बाजा प्रदान गरेको बताए । उनले बाजाबाट कला, संस्कृति संरक्ष...

प्रियंका बनिन् २०२२ को मिस नेपाल

प्रियंका बनिन् २०२२ को मिस नेपाल
काठमाडौं। सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्। शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिइन् । विजेता जोशीले टाटा टियागो मिस डिलाइटु को उपाधि पनि जित्न सफल भएकी छन्। प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्र...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer