मतदान गर्न अभिनेता धिरेन शाक्य पाल्पामा
पाल्पा । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि अभिनेता धिरेन शाक्य पाल्पामा छन् ।
केही दिनअघि नै आफ्नो गृहजिल्ला पाल्पा आएका उनी अझै एक साता पाल्पामै रहनेछन् । नेपाली चलचित्रमा कुनै समयका निकै चर्चित यी अभिनेताले तानसेन नगरपालिका –३ भगवतीटोलबाट मतदान गर्नेछन् । वडा नं. ३ को मतदान केन्द्र बालमन्दिर हो ।
मतदानका लागि निकै उत्साहित देखिएका उनले नयाँधारसँग भने, ‘अब मतदान सकेर पनि एक सातापछि मात्रै काठमाडौं फर्किनेछु ।’