पाल्पाली गायक कमलले ल्याए गीत ‘बाकस’, सुप्रिम र पूजाले दिएका छन् स्वर (भिडियो)
पाल्पा। पाल्पामा जन्मिएर हाल अमेरिकालाई कर्मथलो बनाएका गायक एवं सर्जक कमल खनालले नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा चर्चित बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाले स्वर दिएका छन् ।
खनाल स्वयंमको शब्द एवं संगीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका खनालले सार्वजनिक गरेको गीतको कहानी भने बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरुको हो ।
‘आफ्नो साना–साना सन्तानहरुलाई छाडेर आकाशमा उडेकी आमा बाकसमा फर्किँदाको पीडा गीतमा समेटेका...