गायक तथा सञ्चारकर्मी सुमन गैरे राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने
काठमाडौं । गायक तथा सञ्चारकर्मी सुमन गैरे पाल्पाबाट प्रतिनिधिसभामा उम्मेद्वार बन्ने भएका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी उम्मेद्वार सिफारिस भएका हुन् । पार्टीको जिल्ला समितिको बैठकले यी सक्रिय युवालाई पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा सर्वसम्मत सिफारिस गरेको हो । गैरेको घर पनि सोही निर्वाचन क्षेत्र (बगनासकाली गाउँपालिका ७) मा पर्छ ।
राजनीतिमा युवा लाग्नुपर्छ भन्ने सोँचले आफू राजनीतिमा होमिएको गैरेले बताएका छन् । उम्मेदवार सिफारिस ...