पाल्पामा थप दुईजनामा कोरोना पुष्टि, संक्रमित संख्या ५ पुग्यो

पाल्पा । पाल्पामा सोमबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा निस्दी गाउँपालिकाका २ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संक्रमितहरु १७ र ३६ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनीहरु केही दिन अघि भारतबाट आएका निस्दी गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका छन् ।

आईतबार पाल्पामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो।  रैनादेबी छहराका २ र माथागढी गाउँपालिकाका १ गरि ३ जनामा कोरोना पुष्टि भएको थियो । सोमबार थप दुई जनामा कोरोना पुष्टि भएसंगै पाल्पामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

आईतबार संक्रमण पुष्टि भएका ३ जनालाई तानसेनको भुसलडाँडामा निर्माण गरिएको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ती

तपाईको प्रतिक्रिया