पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुग्यो, बुधबार थप दुईजनामा संक्रमण पुष्टि

पाल्पा । पाल्पामा बुधबार बिहान थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

बुधबार जिल्लाको रामपुर नगपालिकाको सदावर्तस्थित सिताराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका २३ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए।

जेठ ११ गते भारतको दिल्लीबाट आएका उनीहरू सुनौली नाका हुँदै पाल्पा आएका थिए। उनीहरूसँगै क्वारेन्टाइनमा बसेका अन्य ९ जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाउने प्रक्रिया थालिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले बताए।

भारतका विभिन्न स्थानबाट आएका नागरिकहरुको संख्या बढेसंगै जिल्लाबासीमा त्रास समेत बढेको छ।

यो पढ्नुहोस् :

मिसन अस्पतालको आईसोलेसनमा एकजनाको मृत्यु, दुई दिन अघि भारतबाट आएका थिए उनी

यसअघि रैनादेवी छहरा गाँउपालिकामा २, माथागढी गाँउपालिका १ र निस्दी गाँउपालिकाका २ गरी ५ जनामा संक्रमण भईसकेको छ।

पाल्पामा हालसम्म संक्रमण पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन्।

सम्बन्धित समाचार

पाल्पामा थप दुईजनामा कोरोना पुष्टि

पाल्पामा पहिलो पटक देखियो कोरोना, तीन जनामा संक्रमण

 

तपाईको प्रतिक्रिया