
पाल्पा । सोमबार पाल्पामा थप २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २९० पीसीआर परीक्षणमा १४२ जना र १४६ एन्टिजेन परीक्षणमा ७९ जनामा गरि २२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । यो पछिल्ला दिनमा एकैदिनमा पहिचान भएका सबैभन्दा धेरै संक्रमितको संख्या हो ।
यो पढ्नुहोस् :
पाल्पामा निषेधाज्ञा जेठ १५ गतेसम्म थपियो
पाल्पामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने मृतकको संख्या पनि बढिरहेको छ । हाल पाल्पामा सक्रिय संक्रमितको संख्या १५६५ रहेको छ । हालसम्म पाल्पामा ६७ संक्रमितको मृत्यु भएको छ ।
संक्रमितको संख्या बढेसँगै पाल्पामा जेठ ४ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बाईएको छ ।
यो पनि पढ्नुहोस् :
तेस्रो चरणको निषेधाज्ञामा के खुल्ने के नखुल्ने हेर्नुहोस निर्णयहरुः
स्वास्थ्य कार्यालयले जारी गरेको पछिल्लो विवरण पनि हेर्नुहा्स्