पाल्पा । रिब्दीकोट गाउँपालिका ७, पालुङमैनादी, पाल्पाको आयोजनामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र सामाजिक सद्भाव बढाउने बताए ।
“स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सुरु गरिएको कार्यक्रममा वडा अध्यक्ष दान बहादुर कुवँरले बताए ।
प्रतियोगिता चण्डिका भवानी आधारभूत विद्यालयको प्राङ्गणमा वडा नं. ७ का जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा खेलाडीहरुको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको हो ।
प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास र प्रतिभा पहिचानमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको आयोजकहरूको भनाइ छ ।
प्रतियोगीतामा ७ समूहको सहभागिता रहेको थियो ।





















