पाल्पाका प्रहरीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहतका प्रहरी चौकीका प्रमुखहरुलाई डिजिटल सुरक्षासम्बन्धी अभिमुखीकरण दिइएको छ । अभिमुखीकरण जिल्ला प्रहरी कार्यालय पाल्पाले आयोजना गरेको हो ।

अभिमुखीकरण पत्रकार तथा प्रशिक्षक माधव प्रसाद अर्यालले सहजिकरण गर्दै डिटिजल सुरक्षा पछिल्लो समयमा जरुरी रहेको बताए। डिजिटल सुरक्षाबारे सचेतना बढाउने उद्देश्यले आयोजित अभिमुखीकरणमा प्रहरीका सकल दर्जाका ३५ जना सहभागी रहेका थिए ।

अभिमुखीकरण गर्दै अर्यालले डिजिटल जोखिम, सुरक्षित इन्टरनेट प्रयोग, सामाजिक सञ्जालमा सुरक्षा र व्यक्तिगत तथ्यांक संरक्षणका विषयमा सहभागीहरूलाई व्यवहारिक जानकारी प्रदान गरेका थिए ।

पछिल्लो समय सबैका लागि महत्वपूर्ण विषय भएको र प्रहरी कार्यालय र मातहतका कार्यालयका प्रमुखका लागि पनि उपयोगी र समयसापेक्ष भएको प्रहरी उपरीक्षक दीपेन्द्र पन्जियार थारुले बताए।

अभिमुखीकरणमा अनलाइन ठगी, फिसिङ, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, पासवर्ड व्यवस्थापन, व्यक्तिगत तथा संस्थागत तथ्यांकको सुरक्षा लगायतका विषय महत्वपूर्ण भएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी होम प्रकाश चौधरीले बताए।

डिजिटल माध्यम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र सुरक्षित व्यवहारका बारेमा दिएको ज्ञान प्रभावकारी हुने सहभागीले बताएका थिए ।

तपाईको प्रतिक्रिया