सौभाग्य माविमा आइएसओ सम्बन्धी अभिमुखीकरण

तानसेन। माथागढी गाउँपालिका-१, चिदीपानी स्थित सौभाग्य माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण आइएसओ सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा आइएसओ म्यानेजर प्रशिक्षक सुदीप शर्माले अभिमुखीकरण गरेका थिए।

कार्यक्रममा वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थी, प्रधानाध्यापक कृष्ण प्रसाद खनाल, समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारीबीच छलफल चलेको थियो । छलफलमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने र सबै सरोकारवाला निकायको काम कर्तव्य र जिम्मेवारीका विषयमा छलफल चलेको थियो ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार, सेवा व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने तथा विद्यालयलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष राजकुमार पन्थीले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रमको विद्यालयका सहायक प्रधानाध्यापक अनुप शर्माको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया