मौलिक लोक भजन संरक्षणको पहल
तानसेन। पाल्पामा लोप हुने अवस्थाको लोक भजन, कृतन र टुक्का संरक्षणको पहल गरिएको छ । परम्परागत रुपमा गागिने लोक भजन लोप हुन थालेपछि सार्वजनिक सभा समारोहमा प्रस्तुत गर्ने र नयाँ पुस्तालाई सिकाउने कार्य गर्दै आएको रैनादेवी छहराका स्थानीयले बताएका छन् ।
पालिकास्तरका विभिन्न कार्यक्रममा यस्ता भजनको पनि प्रस्तुती राख्ने र प्रचारप्रसार गर्ने तथा युवा पुस्तलाई सिकाउने कार्य गर्दै आइएको रैनादेवी छहरा-३ का वडा अध्यक्ष प्रदीप पौडेलले बताए।
मेला-महोत्सवमा सहभागी हुने समूहलाई स्थानीय...










