पाल्पा महोत्सव : पुस्कल शर्माले २४ गते तानसेनमा दर्शक नचाउने

पाल्पा महोत्सव : पुस्कल शर्माले २४ गते तानसेनमा दर्शक नचाउने
तानसेन । लोकप्रिय गायक पुस्कल शर्माले वैशाख २४ गते गृहजिल्ला पाल्पामा दर्शक नचाउने भएका छन् । तानसेनको टुँडिखेलमा जारी ‘पाल्पा महोत्सव’मा अन्तिम दिन यि लोकप्रिय गायकको सांगीतिक प्रस्तुति दर्शकहरुले प्रत्यक्ष हेर्न र सुन्न पाउने भएका हुन् । आयोजकले पुस्कललाई आज (सोमवार) मात्रै कार्यक्रमका लागि फाइनल गरेको हो । उनको प्रस्तुतिलाई लिएर यहाँका दर्शक एवं फ्यानहरुले निकै चासो ब्यक्त गरिरहेका थिए । ‘यहि वैशाख २४ गते म पाल्पा महोत्सव तानसेन आउँदै छु । सबैलाई चुलै निम्तो छ है’...