पाल्पाका दुई अस्पतालमा गरि ५ जना संक्रमितको मृत्यु!
तानसेन । पाल्पामा शुक्रबार मात्रै थप ५ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार थप ५ जना कोरोना भाइरस विभिन्न अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ३ जना लुम्बिनी मेडिकल कलेजमा उपचाररत तथा दुई जना युनाइटेड मिसन अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
मिसन अस्पतालमा मृत्यु हुनेमा तानसेन नगरपालिका–१ की ७४ वर्षीय महिला तथा तानसेन नगरपालिका–१, का ५९ वर्षीया महिला रहेको सूचना अधिका...