पुरुषोत्तम गैरेको ‘बैसाखी’ सार्वजनिक (भिडियोसहित)

पुरुषोत्तम गैरेको ‘बैसाखी’ सार्वजनिक (भिडियोसहित)
तानसेन । पाल्पाली गायक पुरुषोत्तम गैरेको नयाँ गीत बैसाखी बजारमा आएको छ । गीतमा गैरे तथा देवी घर्तीले स्वर दिएकी छन् । बिमल पौडेलको शब्द तथा सुनिल परियारको संगीत संयोजन रहेको गीत गायक तथा सर्जक गैरेको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा शिशिर पौडेल लक्ष्मी पाण्डे र आशिष ढकालको अभिनय रहेको छ। इश्वर बाबुको निर्देशन सम्पादनमा गीतको भिडियो निर्माण भएको छ । माया पिरतीमा आधारित यो गीतलाई दर्शक स्रोताले मन पराउने आशा रहेको सर्जक गैरेले बताए । ...

पाल्पामा छायाँकन गरिएको चलचित्र ‘परदेशी–२’ कहिले रिलिज हुन्छ ?

पाल्पामा छायाँकन गरिएको चलचित्र ‘परदेशी–२’ कहिले रिलिज हुन्छ ?
पाल्पा – सबै क्षेत्र खुला भएसँगै चलचित्र क्षेत्रमा पनि चहलपहल शुरु भएको छ । एकपछि अर्को चलचित्रको रिलिज मिति तोक्न थालिएको छ । यस्तैमा पाल्पामा छायाँकन गरिएको, पाल्पाली गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को रिलिज मितिबारे निर्माण पक्षले केही बोलेको छैन । यो चलचित्र २०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ छायाँकन सुरु गरिएको थियो । तर, कोरोना महामारीका कारण छायाँकन नै रोकिनुपर्यो । कोरोनाको पहिलो लहरपछि लकडाउन खुलेसँगै चलचित्रको ब...

दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मिनालाई

दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मिनालाई
पाेखरा।  नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले हात पारेका छन्। पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले च्याम्पियनको उपाधि जितेको हो । पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ । यस्तै प्रतिस्पर्धी  शोभा कार्की र बालचन्द्र बरालको समूह उपविजेता भएकाे छ। उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बर...

‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते

‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते
काठमाडाैं। नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते पोखरामा हुने भएको छ । ग्राण्ड फिनाले पोखरामा भव्य रुपमा सम्पन्न गर्ने निर्णय भएको आयोजकले जानाएकाे छ  । ‘दोहोरी च्याम्पियन’मा प्रथमका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीमसंग  बालचन्द्र बराल र शोभा कार्कीको टीमले  ग्राण्ड फिनालेमा प्रथमका लागि  प्रतिस्पर्धा गर्नेछ । यी दुई टीमको प्रतिस्पर्धामा एउटा प्रथम र अर्को टीम द्धितिय हुनेछ । यस्तै अर्को टी...

जनगायक टुहुरेको निधन !

जनगायक टुहुरेको निधन !
काठमाडौं । वरिष्ठ जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मस्तिष्कघात भएर बयोधा अस्पतालमा उपचार गराइरहेका उनको बिहिबार अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । टुहुरे भदौ १ गते मंगलबार कलंकीस्थित निवासमा लडेपछि उनलाई बयोधा पु¥याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मस्तिष्कघात भएको बताएका थिए । जनताको गीत गाउने गायकको खास परिचय बनाएका उनी प्रगतिशील, जनवादी, क्रान्तिकारी गायक समेत हुन् । ...

गैरेको तीज गीत ‘बरलाई पिपलु’ [भिडियोसहित]

गैरेको तीज गीत ‘बरलाई पिपलु’ [भिडियोसहित]
पाल्पा । हिन्दु महिलाहरुको महान पर्व तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु बजारमा आइरहेका छन् । कतिपय गीतहरुमा मौलिकता छ भने कतिपय मनोरञ्जनका लागि बजारमा आएका छन्। यही क्रममा पाल्पाली युवा गायक पुरुषोत्तम गैरेले बरलाई पिपलु बोलको गीत तीज गीत बजारमा ल्याएका छन् । गैरै र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको यो गीतमा शब्दसंगै संगीत गैरे आफैले भरेका छन् । रोइला गीतमा ख्याती कमाएका गैरेले समासामहिक विषयलाई दर्शक र स्रोतासामू पर्याउने गरेको बताएका छन् । हालै रिलिज भए...

शिरीषको ‘लौरी च च’ : मौलिक अनि लोपोन्मुख तीज गीत

शिरीषको ‘लौरी च च’ : मौलिक अनि लोपोन्मुख तीज गीत
पाल्पा । गायक शिरीष देवकोटाले सोमबारमात्रै सार्वजनिक गरेका हुन् तीज गीत ‘लौरी च च’ । ‘धेरै वर्ष अगाडिसम्म मेरो मामाघर हजुरआमाहरूले गाउने गर्नुभएको र अहिले लोप भइसकेको दुर्लभ अनि पृथक शैलीको गीत ‘लौरी च च’ यहाँहरु समक्ष प्रस्तुत गरेको छु’ गीतको भिडियो सार्वजनिक गर्दै शिरीषले भनेका छन्, ‘आमाको लय संकलन अनि शब्दमा रहेको यो गीत हेरेर, सुनेर अमूल्य प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’ शिरीष देवकोटा । यो नाम दर्शक एवं स्रोतामाझ विशेषतः रोइला गीतबाट परिचित नाम हो । ...

पत्रकार चापागाईंको ‘सरकार चाहियो’ गीत म्युजिक भिडियो सार्वजनिक

पत्रकार चापागाईंको ‘सरकार चाहियो’ गीत म्युजिक भिडियो सार्वजनिक
पाल्पा । पत्रकार सतिश चापागाईंको सरकार चाहियो बोलको गीत सार्वजनिक भएको छ । उक्त देशभक्ति गीतमा शिशिर योगीको स्वर र संगीत रहेको छ । बीबी अनुरागीले संगीत संयोजन गरेको गीतको माष्टर मिक्सिंग श्याम श्वेत रसाईलीले गरेका छन् । प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा भिडियोमा सुरवीर पण्डित र रश्मी भट्टसंगै कलाकार जिवी चिरन लगायतको अभिनय रहेको छ । मिलन श्रेष्ठले सम्पादन गरेको उक्त गीतको भिडियोको निर्देशन रामजी ज्ञवालीले रहेका छन् । गत वर्ष नै रेकर्ड सम्पन्न भ...

तानसेनको ‘सन्तोष चलचित्र मन्दिर’ सधैका लागि बन्द हुने अवस्थामा !

तानसेनको ‘सन्तोष चलचित्र मन्दिर’ सधैका लागि बन्द हुने अवस्थामा !
पाल्पा - कोरोना महामारीबीच देशका धेरै जिल्लामा हलहरु बन्द भईरहेका छन् । यसैबीच पाल्पामा संचालनमा रहेको एकमात्र चलचित्र हल अब सधैका लागि बन्द हुने भएको छ । चार दशकको इतिहास बोकेको पाल्पा सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ कोरोना महामारीकैबीच सधैका लागि बन्द हुने अवस्थामा पुगेको छ । वि.सं २०३८ सालमा यस हलको स्थापना भएको थियो । चलचित्र हललाई अब संचालनमा ल्याउने शंभावना नरहेको हल संचालक बताउँछन् । केही वर्षयता हलमा दर्शक आउने क्रम निकै घटेको थियो । सामान्य अवस्...

तीज गीतका लागि जुर्मुराए कलाकार, रेकर्डिङ र छायाँकन धमाधम

तीज गीतका लागि जुर्मुराए कलाकार, रेकर्डिङ र छायाँकन धमाधम
काठमाडौं – बैशाख–जेठ महिना, तीज गीतको रेकर्डिङ र छायाँकन गर्ने सिजन मानिन्छ । लोकदोहोरी क्षेत्रका कलाकारहरु बैशाख महिनादेखि नै तीज गीतको तयारीमा लाग्थे । तर, कोरोना महामारीका कारण बैशाखको मध्यबाट निषेधाज्ञा लागू गरियो । निषेधाज्ञाका कारण कलाकारहरुले बैशाख, जेठमा तीज गीतको काम गर्न पाएनन् । असारको ७ गतेबाट भने उपत्यकाको निषेधाज्ञा खुकुलो बनाई । मंगलबार देखि त निषेधाज्ञा अझ खुकुलो बनेको छ । निषेधाज्ञा खुकुलो भएसँगै भने कलाकारहरु तीज गीतका लागि जुर्मुराएका छन् । ००० गायिक...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer