निषेधाज्ञामा रुचाईयो पशुपतिको ‘सारंगी र्याइँ र्याइँ’, उनी भन्छन् – म हास्य–व्यङ्ग्य गीतमै ठिक रहेछु
पाल्पा। पशुपति शर्माको नयाँ गीत स्रोता तथा दर्शकले निकै रुचाएका छन् । पशुपति र सम्झना भण्डारीको स्वरमा रहेको गीत ‘सारंगी र्याइँ र्याइँ’लाई स्रोता एवं दर्शकले निकै रुचाएका हुन् । गीत सार्वजनिक भएको छोटो समयमै २० लाख भ्यूज पाउँदै ट्रेन्डिङ १ मा छ । टिकटकमा यो गीत भाइरल नै छ । यस गीतमा कयौंले टिकटक बनाएका छन् ।
यो गीत हास्य शैलीमा तयार पारिएको छ । गायक शर्माको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा गायक शर्मा र मोडल करिश्मा ढकालको अ...









