तानसेन। नेकपा एकीकृत समाजवादीका नेता तथा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सोम प्रसाय पाण्डेयले बसाइसराई रोक्न एकिकृत बस्ती निर्माण गर्ने बताएका छन् । उनले तानसेनको धरमपानी, सेतीपोखरी, ढुंगाखानीलगायतका क्षेत्रमा घरदैलो पछिको कार्यक्रमलाई सम्बोधन गर्दै बसाइसराईलाई रोक्न तानसेनको ढुंगाखानी, सेतीपोखरी क्षेत्रमा एकीकृत बस्ती विकास गर्ने बताएका हुन् ।

पछिल्लो समय तराई क्षेत्रमा बसाइसराईका कारण पाल्पाको जनधनत्व घट्दै गइरहकोतर्फ इंगित गर्दै पाण्डेयले पाल्पामै बस्ने वातावरण सृजना गर्न एकीकृत बस्ती विकास र पर्यटकीय नगरीको रुपमा तानसेनलाई विकास गर्ने बताए ।

जिल्ला सदरमुकाम समेत रहेको तानसेनको बजार क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी बजारसंगै जोडिएका ढुंगाखानी, सेतीपोखरी, धरमपानी क्षेत्रमा एकीकृत वस्ती विकासको गुरुयोजना बनाएर भौतिक तथा आर्थिक रुपमा विकास गर्ने उम्मेदवार पाण्डेले प्रतिवद्धता व्यक्त गरेका छन् । ।

पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेयले आफूले तानसेनको धरमपानी, सेतीपोखरी, ढुंगाखानी क्षेत्रमा घरदैलो गर्दै उद्योगमन्त्री हँदा सुरु गरेको एक जिल्ला एक औधोगिक ग्रामको अवधारणलाई यस क्षेत्रमा सञ्चालन गर्ने समेत बताए ।

उनले अर्चले, साफाखुम, बराङ्दी क्षेत्रमासमेत घरदैलो गर्दै पाण्डेयले यस क्षेत्रमा सुन्तला खेती, कृषि, व्यवसायिक पशुपालनलाई जोड दिने गरेर काम गर्ने बताए छन् ।

तपाईको प्रतिक्रिया