गठबन्धनलाई हराउँदै बगनासकालीमा एमाले विजयी, निवर्तमान उपाध्यक्ष चिदी बनिन् पालिका अध्यक्ष

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । यस पालिका अध्यक्षमा यसअघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यसपालि पाँच दलिय गठबन्धन रहेपनि अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा एमालेले जितेको हो ।

पालिकाकी निवर्तमान उपाध्यक्ष सरस्वती चिदी ८ सय ३३ मतान्तरले अध्यक्षमा विजयी भएकी हुन् । उनले ६ हजार ४ सय ६६ मत ल्याउँदा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् ।

यस्तै, उपाध्यक्षमा एमालेका हरि पाठक ५ हजार ८ सय ७३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल)ले ४ हजार ७ सय ७८ मत ल्याए ।

९ वटा वडा रहेको पालिकामा ६ वटामा नेकपा एमालेका उम्मेदवार विजयी भए भने ३ वटामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए ।

दुई नगरपालिकासहित १० स्थानीइ तह रहेको पाल्पामा बुधबार बिहानसम्म ९ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जिल्लाको रम्भा गाउँपालिकामा भने मतगणना शुरु हुन सकेको छैन् । फर्जी मत भेटिएपछि भएको विवादका कारण यस पालिकामा बुधबार विहानसम्म पनि मतगणना शुरु हुन नसकेको हो ।

अन्य पालिकाका खबरहरु :

-तानसेन नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी सिंजाली विजयी
-रामपुर नगरपालिकाको मेयरमा कांग्रेसका थापा दोहोरिए, उपमेयरमा कांग्रसकै बालकुमारी निर्वाचित
-रैनादेवी गाउँपालिकामा गठबन्धनका उम्मेद्वार निर्वाचित
-रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कार्की, उपाध्यक्षमा कांग्रेसकी कान्ता निर्वाचित
-निस्दी गाउँपालिकामा पनि एमालेको ‘क्लिन स्वीप’, अध्यक्षमा सारु पुनः निर्वाचित
-कांग्रेसको गढ मानिने माथागढीमा एमाले विजयी
- तिनाउ गाउँपालिका अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ निर्वाचित
-पूर्वखोला गाउँपालिकामा फराकिलो मतान्तरसहित नुन बहादुर र भागिरथी नै दोहोरिए

तपाईको प्रतिक्रिया